Bağış 15 Eylül 2024 – 1 Ekim 2024 Bağış toplama hakkında

वैदिक आध्यात्मिक दिव्य ज्ञानमाला: परिपूर्ण र आनन्दमय जीवनका...

  • Main
  • वैदिक आध्यात्मिक दिव्य ज्ञानमाला:...

वैदिक आध्यात्मिक दिव्य ज्ञानमाला: परिपूर्ण र आनन्दमय जीवनका लागि

Bhuban Pandey
Bu kitabı ne kadar beğendiniz?
İndirilen dosyanın kalitesi nedir?
Kalitesini değerlendirmek için kitabı indirin
İndirilen dosyaların kalitesi nedir?

मेरो नाम भुवन पाण्डे हो| मेरो भौतिक शरीर १९५७ मा काठमाडौंमा जन्मिएको थियो| म १९८८ मा एमबीए अध्ययन गर्न अमेरिका आएँ र मेरो अमेरिकाको जीवन सुरु भयो| म वेदान्त (वैदिक सनातन धर्म) को अनुयायी र साधक हुँ| मैले यो आध्यात्मिक पुस्तकमा स्वामी विवेकानन्द र अन्य साधूसन्त/महात्माबाट सिकेका ज्ञान आफ्नो अनुभवहरूको आधारमा प्रस्तुत गरेको छु| यस पुस्तकमा वेदान्त बारे हामीले जान्नै पर्ने प्रश्नहरू/उत्तरहरू/विश्लेषणहरू वैज्ञानिक तरिकाले छलफल गरिएका छन्| वेदान्त कसरी व्यवहारमा उतार्ने ताकि हाम्रो जीवन सरल, शान्त र आनन्दले भारिपूर्ण हुँदै जान सकोस् भन्ने कुरामा विशेष जोड दिएको छु| वेदान्त पछि बुझ्दै गरौंला, व्यस्त छु, अहिले मोज गरौं आदि सोचाईहरू हाम्रा मनमा आउन सक्छन जून गलत सोचाईहरू हुन्| किनकि वेदान्तको आधारमा आधुनिक जीवन जिउन सकेमा हामीलाई कुनै समस्याले पनि दुखी बनाउन सक्दैन, चीर स्थायी शान्ति मिल्छ र जीवन परिपूर्ण र आनन्दमय हुँदै जान्छ| यो परम सत्य हो!
वेदान्त वेदको सार हो; वेद हिन्दु धर्म, दर्शन, संस्कृति, साहित्य आदि सबैको मूल श्रोत हो | त्यसैले हिन्दु धर्मलाई वेदान्त (वैदिक सनातन धर्म) भन्नु बढी तर्क सङ्गत हुन्छ| वेदान्त ऋषि वा ऋषिकाहरू मार्फत आविष्कार हुँदै आएका सनातन आध्यात्मिक ज्ञानहरूमा आधारित छ| आध्यात्मिक भन्नाले 'मानवको वास्तविक स्वरूप बारे' भन्ने बुझिन्छ | "परिपूर्ण र आनन्दमय जीवन" को लागि वेदान्तको जानकारी हामी सबैलाई हुन आवश्यक देखिन्छ | विशेष गरेर आधुनिक युगका जीवन शैलीबाट अतृप्त व्यक्तिहरूले यो ज्ञानबाट निकै लाभ उठाउन सक्छन् | वेदान्त जानेर जीवन सरल, शान्त र आनन्दले भारिपूर्ण बनाउनु होस्| सबैको लागि यो सम्भव छ!

Yıl:
2021
Yayımcı:
Bhuban Pandey
Dil:
nepali
ISBN 10:
100555790X
ISBN 13:
9781005557904
Dosya:
EPUB, 960 KB
IPFS:
CID , CID Blake2b
nepali, 2021
Online Oku
'e dönüştürme devam ediyor
dosyasına dönüştürme başarısız oldu

Anahtar ifadeler